२०८१ बैशाख ७ शुक्रबार

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि व्यवस्था मिलायो

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि  व्यवस्था मिलायो
२०७८ जेठ ५ बुधबार Author: kachapate

काठमाडौँ, ५ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार आइसोलेसनमा सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले शुल्क दिने छ।

साथै मन्त्रालयसँग सम्झौता गरेका अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।