२०८१ बैशाख ११ मङ्गलबार

दाउन्नेमा बस दुर्घटना, चार जनाको मृत्यु , ४२ जना घाइते

दाउन्नेमा बस दुर्घटना, चार जनाको मृत्यु , ४२ जना घाइते
२०७८ जेठ ५ बुधबार Author: kachapate

काठमाडौँ, ५ जेठ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलरासीको दाउन्नेमा बुधबार बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम जाँदै गरेको ना५ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाले बताउनुभयो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।