२०८१ बैशाख ८ शनिवार

नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ नामक कोरोनाको थप नयाँ भेरियन्ट भेटियो

नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ नामक कोरोनाको थप नयाँ भेरियन्ट भेटियो
२०७८ जेठ ४ मङ्गलबार Author: kachapate

काठमाडौँ,जेठ ४  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट भेटिएको बताएको छ ।देशका विभिन्न भागबाट संकलित ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट भेटिएको हो।

यो नयाँसहित नेपालमा अहिलेसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन्।