२०८१ बैशाख १३ बिहीबार

जसपाका महन्थ र यादवकाे संयुक्त विज्ञप्ति, सरकारमा तत्काल सहभागी नभई प्रतिपक्षमा नै रहने

जसपाका महन्थ र यादवकाे संयुक्त विज्ञप्ति, सरकारमा तत्काल सहभागी नभई प्रतिपक्षमा नै रहने
२०७८ जेठ ४ मङ्गलबार Author: kachapate

काठमाडौँ, ४ जेठ । जनता समाजवादी पार्टी जसपा अरू पार्टी नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने बताएको छ ।जसपा सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क –वितर्क भइरहेको बेला सरकारमा तत्काल सहभागी नहुने बताएको छ ।

सोमबार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा ८ बुँदे विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने स्पष्ट गरेका हुन् ।

पार्टीमा उत्पन्न भएका समस्यालाई आन्तरिक रूपमै छलफल गरेर पार्टी विधानअन्तर्गत रहेर समस्याको समाधान गर्नुपर्ने संयुक्त विज्ञप्तिमा भनिएको छ ।