काठमाडौँ, २ जेठ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३१६जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।१९ हजार पाँच सय ३९ जनाको पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
यस्तै काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ गरि यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको छ।नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ पुगेको छ ।