२०८१ बैशाख १२ बुधबार

बैतडीमा लागुऔषध चरेससहित दुई जना पक्राउ

बैतडीमा लागुऔषध चरेससहित दुई जना पक्राउ
२०७८ जेठ २ आइतबार Author: kachapate

लागुऔषध चरेससहित शनिबार बैतडीमा सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट  गरि दुई जना पक्राउ परेका छन् ।  उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।

सुप प्र४००१ प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको कुरा बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बरामद गरिएको चरेस, मोटरसाइकल र दुवै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।

निषेधाज्ञाको समयमा चरेस आयातको श्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ ।