अमेरिकाको नेपाली समुदायमाझ सुपरिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन २०२१–२०२३ कार्यकालको लागि वोर्ड अफ डाईरेक्टर पदमा उम्मेद्वारी दिएका छन् ।
सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई योगदान दिएका छन् । उनी हाल एनआरएन युथ कोअर्डिनेसन कमिटीका सदस्य छन्। उनले व्यवस्थापन विषयमा स्नातक तह र टुरिजममा स्नातकोत्तर गरेका छन् । विदेशमा हासिल गरेको सीप, क्षमता, दक्षता र पूँजीलाई नेपालको चौतर्फी बिकासका लागि सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको भनाई रहेको छ ।
एनआरएनलाई अझ व्यापक र प्रवासमा रहेका सबैको मन मुटुमा बसाउनको लागि युवाहरुको प्रतिनिधित्व अनिवार्य रहनु पर्छ भन्नेमा उनि ईस्पस्ट देखिन्छन् ।
गैर आवासीय नेपाली संघप्रति युवाहरुको आकर्षण बढाई विभिन्न रचनात्मक काम गर्ने, प्रत्येक नेपाली संस्थाको सदस्य बन्नेतर्फ पहलकदमी गर्ने लाई आफ्नो एजेन्डा बनाएका विजय ज्ञवाली समाजसेवाप्रतिको सानैदेखिको हुटहुटी, धेरै शुभचिन्तकहरुको उत्प्रेरणा र संस्थामा युवाहरुको सकारात्मक हस्तक्षेपका लागि आफ्नो उमेदवारीले संस्थाले परिकल्पना गरेको लक्ष्य प्राप्तिका लागि सानै भए पनि तरंग ल्याउनेमा उनि आशावादी देखिन्छन् ।
एनआरएनएलाई राजनीतिक हस्तक्षेप मुक्त गराई रहरलाग्दो संस्था बनाउनका लागि सधै लागिरहने प्रण पनि गरेको हुनाले अरू उम्मेदद्धवार भन्दा फरक रहेको बताउछन् ।
ज्ञवालीका अनुसार,चुनावी प्रचारप्रसारका लागि कस्तो अभियान चाल हाल भइरहेको चुनावी तडकभडकप्रति विल्कुल फरक मत राख्ने प्रवासको चुनाव यति खर्चिलो हुनुहुदैन ।
गैर आवासीय नेपाली संघले आफ्नो उद्येश्य अनुरुप काम गर्न नसक्नु , युवा, विद्यार्थी विभिन्न पेशामा आवद्ध विज्ञहरु लगायत सामान्य श्रम गर्ने श्रमिकहरु एनआरएनप्रति आकर्षित नहुनु , एनआरएन हुने खाने र त्यसैको आडमा राजनीति गर्नेहरुको संस्था भन्ने भान हुनुनै हो भन्ने आम नेपालीमा बुझाई रहेकोमा उनि दुःखी देखिन्छन् । झण्डै साढे तीन लाख जनसंख्यामा २० हजारको हाराहारीमा मात्र सदस्यता लिनु र ती पनि कसैको खल्तीका भोट बन्नु बिडम्वनापूर्ण रहेको र यी सबै खाले विकृतिको अन्त्य गरी एनआरएनएलाई शुद्धिकरण गर्नुपर्छ भन्ने उनको भनाई छ ।
गैर आवासीय नेपाली संघ सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले परदेशी माटोमा बसेर पनि हामीलाई सधै नेपाली बनेर र नेपाली भनेर बाँच्न अनि रमाउन पाउनु पर्ने उनको सोच रहेको बुझिन्छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका वोर्ड अफ डाईरेक्टर पदमा उनी हाल उम्मेद्धवारीको रुपमा खडा भएका छन् ।