२०८० चैत १५ बिहीबार

इजरायलले लोदमा आपतकाल घोषणा गर्‍यो

इजरायलले लोदमा आपतकाल घोषणा गर्‍यो
२०७८ बैशाख २९ बुधबार Author: kachapate

इजरायली सेनाहरू र प्यालेस्टाइन आतंककारीहरू बीचको झगडा झनै तीव्र भएपछि इजरायलले मध्य शहर लोदमा आपतकालिन अवस्था घोषणा गरेको छ।


इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा १३० मिसाइलको हवाई रकेट हमला गरिएको हो । रकेट हमलाले इजरेलको गाजामा एउटा भवन ध्वस्त पारिदिएको छ भने झडपमा १२ व्यक्तिको घाइते भएका छन्।

इजरेली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप उक्त भवनमा हमला गरिएको हो।अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई तनाव अन्त्य गर्न आह्वान गरिरहेका छन्।विद्रोहीहरूले जेरुसलेम तथा अन्य क्षेत्रमा गरी सयौँ रकेट प्रहार गरिसकेका छन्।वर्षौँयता भएका यी सबैभन्दा खराब हमलाहरूमा इजरेली क्षेत्रमा तीन जनाको ज्यान गएको छ भने प्यालेस्टिनी क्षेत्रमा २८ जनाको ज्यान गइसकेको बताइएको छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वर्षौयता पहिलो पटक जेरुसलेममा रकेट प्रहार गरेर विद्रोही समूह हमासले लक्ष्मणरेखा नाघेको आरोप लगाएका थिए।गाजाको नियन्त्रण गरिरहेको हमासले चाहिँ जेरुसलेमस्थित अल अक्सा मस्जिदलाई इजरेलको ज्यादती तथा आतङ्कबाट रक्षा गर्नु उसले कारबाही गरिरहेको बताएको छ।