काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा थप १५ दिन ,जेठ १३ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ ।वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ ।प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।
बस्नेत भन्छन्, ‘आदेश उल्लंघन नगर्न, अत्यावश्यक कामबिना बाहिर ननिस्कन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछौं ।महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका प्रजिअ पराजुलीले भन्नुभयो ।त्यस्तै कालीमाटीलगायतका तरकारी तथा फलपलू बिक्री बेन्द्रबाट खुद्रा बिक्रीमा रोक लगाइएको छ । ती बजारबाट थोक बिक्री मात्रै गर्न पनि आदेश जारी गरिएको छ ।
वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।