२०८१ बैशाख १३ बिहीबार

काठमाडौं महानगरपालिकामा कारोना संक्रमित तिब्र रुपमा बढ्दै ,कुन वार्डमा कति?

काठमाडौं महानगरपालिकामा कारोना संक्रमित तिब्र रुपमा बढ्दै ,कुन वार्डमा कति?
२०७८ बैशाख २५ शनिवार Author: kachapate

काठमाडौं, २५ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशको संघीय राजधानीको काठमाडौं उपत्यकामा मात्र शुक्रबार चार हजार १०६ जना कोरोना सङ्क्रमित थपिए । केहि सातायता उपत्यकामा औसतमा हजार–दुई हजारभन्दा माथि सङ्क्रमित थपिने क्रम जारी छ । काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने वैशाख २४ गतेसम्म काठमाडौं महानगर भित्र मात्रै ४१ हजार ८०६ जना कोरोनाभाइरस ९कोभिड–१९०को नयाँ भेरियन्टबाट सङ्क्रमित भएका छन् ।

पछिल्लो केहि सातादेखि देशभरि फेला पर्ने सङ्क्रमितमध्ये आधा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हुने गरेका छन् । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वैशाख २४ गते अर्थात् शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार काठमाडौं जिल्लाका ३२ वटा वडामा ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् भने २९८ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै होम आइसोलेसनमा चार हजार २५३ जना, अस्पतालमा २४७ जना, संस्थागत आइसोलेसनमा ८६ जना र सक्रिय सङ्क्रमित चार हजार ५८६ जना रहेको नियमन विभागद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । साथै निको हुनेको सङ्ख्या ३६ हजार ९२२ रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा चार सय ८ जना सङ्क्रमित रहेका छन् । वडा नम्बर २ मा ७८६ जना सङ्क्रमित भएका छन् ।
वडा नम्बर ३ मा दुई हजार १८४ जना नयाँ भेरियन्टबाट सङ्क्रमित भएका छन् ।

वडा नम्बर ४ मा एक हजार ६४४ जना कोरोना सङ्क्रमित भएका छन् ।
वडा नम्बर ५ मा ८४९ जना सङ्क्रमित छन् ।
वडा नम्बर ६ मा एक हजार ३५० जना सङ्क्रमित भएका छन् ।
वडा नम्बर ७ मा एक हजार ५४९ जना सङ्क्रमित रहेका छन् ।
वडा नम्बर ८ मा ७१८ जना सङ्क्रमित रहेका छन् ।
वडा नम्बर ९ मा दुई हजार २०७ जना कोरोना सङ्क्रमित रहेका छन् ।
वडा नम्बर १० मा एक हजार ९९४ जना सङ्क्रमित भएका छन् ।

वडा नम्बर ११ मा एक हजार ३५५ सङ्क्रमित छन् ।
वडा नम्बर १२ मा कोरोना सङ्क्रमितको सख्या ४०९ रहेको छन् ।
वडा नम्बर १३ मा सङ्क्रमितको सङ्ख्या एक हजार ९८५ छ ।
वडा नम्बर १४ मा तीन हजार १३४ कोरोना सङ्क्रमित रहेका छन् ।
वडा नम्बर १५ मा दुई हजार ६१२ जना सङ्क्रमित भएका छन् ।
वडा नम्बर १६ मा तीन हजार ७०३ जनामा सङ्क्रमण देखिएको छ ।
वडा नम्बर १७ मा ८०६ जना सङ्क्रमित भएका छन् ।
वडा नम्बर १८ मा १६३ जना सङ्क्रमित छन ।
वडा नम्बर १९ मा २०७ जना सङ्क्रमित रहेका छन् ।

वडा नम्बर २१ मा २७१ जना सङ्क्रमित रहेका छन् ।
वडा नम्बर २२ मा ३४९ सङ्क्रमित रहेका छन् ।
वडा नम्बर २३ मा २८९ जना सङ्क्रमित रहेका छन् ।
वडा नम्बर २५ मा ३४१ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ३०७ जना सङ्क्रमण मुक्त भएका छन् । साथै होम आइसोलेसनमा २६ जना, एक जना अस्पतालमा, एक जना संस्थागत आइसोलेसनामा २८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै वडा नम्बर २६ मा एक हजार ७२३ , वडा नम्बर २७ मा ४७९, वडा नम्बर २८ मा ८६९ , वडा नम्बर २९ मा एक हजार ७३५,
वडा नम्बर ३० मा ९६३, वडा नम्बर ३१ मा दुई हजार ४०४, र वडा नम्बर ३२ मा तीन हजार ७८४ जना सङ्क्रमित रहेका छन् ।नेटिजन नेपाल