काठमाडौँ, २३ बैशाख । गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा काठमाण्डौको सुन्धारा स्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसो १:४५ मा निधन भएको छ।
बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको भतिज मञ्जुकुमारले बताए ।दिउँसो १:४५ बजे प्रधानलाई हृदयाघात भएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले बताउनुभएको छ ।
विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोकको चौतारामा जन्म भएको प्रधानले गाएका ‘घुम्तीमा नआऊ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाऊ फूलहरू’ लगायत गीत लोकप्रिय छन् ।
सङ्गीतकार लक्ष्मण शेषले गायक प्रधानको अन्तिम श्रद्धाञ्जलीका लागि स्वास्थ्यका मापदण्ड अपनाएर अस्पतालमा उपस्थित भइदिन आग्रह गर्नुभएको छ ।