२०८१ जेठ १६ बुधबार

संक्रमितको संख्यामा नयाँ रेकर्ड:थप ८६५९ जना कोरोना संक्रमित,५८ जनाको मृत्यु

संक्रमितको संख्यामा नयाँ रेकर्ड:थप ८६५९ जना कोरोना संक्रमित,५८ जनाको मृत्यु
२०७८ बैशाख २२ बुधबार Author: kachapate

काठमाडौँ, २२ बैशाख । पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् भने १९९३ जना निको भएर डिस्चार्ज भएका छन् ।नेटिजन नेपाल