२०७९ असोज १८ मङ्गलबार

प्रधानमन्त्री ओली भन्छन्,’ नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो।’

प्रधानमन्त्री ओली  भन्छन्,’ नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो।’
२०७८ बैशाख २० सोमबार Author: kachapate

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री ओली भन्छन्, ‘हरेक नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो।कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ । ‘

हालसम्म कोरोनाबाट अनाहकमा यस महामारीबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको प्रधानमन्त्रीको भनाइ थियो ।कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गर्नुका साथै सबै नागरिकलाई खोप लगाउनका लागि लागिपरेको पनि ओलिले बताए।

हाल संक्रमण तिब्र रुपमा फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्नुका साथै भारतसँगका सबै नाकाहरु बन्द गरिएको कुरा प्रधानमन्त्री ओलीले जानकारी दिए।यस्तै,आगामी दिनमा स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गर्नुका साथै अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने प्रधानमन्त्री ओलीले बताए ।