काठमाडाैं, १८ बैशाख। गत वर्षको माघ १४ देखि फागुन शुरु भएको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ। तर अहिले कोरोना संकट बढेको बेला सरकारको खोप कार्यक्रम नै ठप्प भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा बिभाग, खाेप शाखाले फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई पहिलो चरणमा चार लाख ३८ हजारलाई खोप दिएको जनाएको छ । केहि दिन अगाडिमात्र पहिलो चरणमा खोप लगाएका तीन लाख ६२ हजारले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
भारतीय र चिनियाँ दुवै खोप गरि अहिलेसम्म जम्मा २१ लाखले खोप लगाएको छ । आठ लाखमध्ये तीन लाख ७२ हजारले भ्याारोशियल खोप लगाईसकेका छन्। अहिले सरकार संग खोप निकै कम छ ।
नयाँ खोप ल्याउने सन्दर्भमा सरकारले कुनै औपचारिक जानकारी दिन सकेको छैन।सरकारको यो कार्यलाई महामारीमा सरकारको गैरजिम्मेवार कार्य भन्दै तिब्र आलोचाना भएको छ।नेटिजन