२०८० मंसिर २३ शनिवार

मृत्यु र संक्रमणको दर बढ्दो क्रममा ( हाल सम्मकै उच्च)

मृत्यु र संक्रमणको दर बढ्दो क्रममा ( हाल सम्मकै उच्च)
२०७८ बैशाख १७ शुक्रबार Author: kachapate

काठमाडौँ — कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ ।गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एक–डेढ प्रतिशतले वृद्धि भइरहेको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए ।उनी भन्छन्,‘दिनमा एक–डेढ प्रतिशतका दरले सक्रिय संक्रमितको वृद्धि संक्रमण विस्तारको एकदमै द्रुत गति हो,सक्रिय संक्रमित वृद्धिदर भारतभन्दा नेपालमा तीव्र देखिएको छ जुन खतरनाक अवस्था हो ।’

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।संक्रमण तीव्र गतिले फैलिँदा काठमाडौं उपत्यकालगायतका ठाउँमा सघन उपचारका लागि आईसीयू र भेन्टिलेटर पाउन गाह्रो भएको छ । चिकित्सकका अनुसार कोभिडले हुने मृत्युमा धेरैजसोमा कोमर्बिडिटी ९एकैसाथ दुई वा बढी रोग हुनु० नभएकाको संख्या बढ्दो छ ।एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । ‘कुनै ठाउँमा एक जना कोरोना पोजिटिभ हुँदा परिवारका सदस्य, भेटघाटमा परेका, कार्यालयमा काम गर्ने भए सहकर्मी सबैलाई संक्रमण देखिएको छ,’ सहप्रवक्ता डा। अधिकारीले भने, ‘हाल क्लस्टर ९समूह० मा संक्रमण देखिएको छ । ठूलो समूह संक्रमित भेटिएका छन् ।’

पछिल्लो २४ घण्टामा ११ वर्ष, १४ वर्ष र १९ वर्षका गरी २० वर्षमुनिका तीन जनाको मृत्यु भएको छ । बिहीबार मृत्यु भएकामा धेरैजसोको उमेर ५० वर्ष हाराहारी छ ।सहप्रवक्ता डा। अधिकारीले भने, ‘यो अत्यन्तै जटिल अवस्था हो,सबैले अत्यन्त कडा रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाए र निषेधाज्ञालाई पालना नगरे स्थिति सहज हुन धेरै गाह्रो हुने देखिएको छ ।’

हाल उपचारमा रहेका कोभिड संक्रमित २४ जिल्लामा धेरै देखिएका छन् । ६ वटा जिल्लामा हजारभन्दा बढी संक्रमित उपचारमा छन् ।