२०८० मंसिर २३ शनिवार

राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बने

राजीव गुरुङ (दीपक मनाङे)  मन्त्री बने
२०७८ बैशाख १६ बिहीबार Author: kachapate

काठमाडौँ, १६ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाउनुभएको छ ।

मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।  नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थप्नुभएको हो । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित हुनुहुन्थ्यो ।

नेटिजन नेपाल