सुर्खेत । कोरोना संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले यहि वैशाख १४ गते देखि २१ गते राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार भारतबाट हालसम्म १५ हजार भन्दा बढी नाागरिक कर्णाली भित्रिएका छन्। उनी भन्छन्, भारत लगायत अन्य छिमेकी जिल्लाबाट भित्रिएका नागरिकहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिन सक्ने खतरा बढेकोले लकडाउन गर्नु नै विकल्प रहेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार एम्बुलेन्स, शवबाहन, दलकल,निलो प्लेट र झण्डावाल सरकारी सवारी साधनहरु र अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गर्ने गरेका सवारीसाधनहरु जस्ता अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र ठप्प रहनेछन् ।
ट्रेण्डिङ
कोरोना संक्रमित बढेपछि सुर्खेतमा पनि निषेधाज्ञा

२०७८ बैशाख १४ मङ्गलबार