२०८० मंसिर २३ शनिवार

अग्नि पिडितहरुलाई सुर्खेती कल्याण समाजद्धारा सहयोग

अग्नि पिडितहरुलाई सुर्खेती कल्याण समाजद्धारा सहयोग
२०७८ बैशाख १४ मङ्गलबार Author: kachapate

सुर्खेत जिल्ला , पञ्चपुरी नगरपालिका वडा नंं ९ राग मल्याङजा गाउँमा मिती २०७८ साल वैशाख ६ गते भएको आगलागीबाट काशीराम थापा , धनबहादुर थापा , देवीराम थापा र नवराज थापाका ४ गोठ ,४ घर , ४ शौचालय १ कुखुराको खोर जलेर नष्ट भएकोमा आज देवीराम थापाको भाई बुहारी मनरुपा थापा लाई गंगालाल हृदयरोग केन्द्रमा गई सुर्खेती कल्याण समाजमा उठेको रकम रु ५०,००० सुर्खेती कल्याण समाजद्धारा एक कार्यक्रमका बिच हस्तानतरण गरिएको छ ।
उक्त कार्यक्रममा सुर्खेती कल्याण समाजका कार्यकारी अध्यक्ष प्रा.डा.जिवेन्द्रदेव गिरी ,सचिव बुद्धि प्रसाद सापकोटा , सहसचिव देवीराम भुसाल ,कोषादक्ष्य भरत विक्रम वि.सी. , सदस्य कमल लम्सालको उपस्थिती रहेको थियो । यसै क्रममा समाजका अध्यक्ष प्रा.डा. जिवेन्द्रदेव गिरीले थोरै भएपनि मलमपट्टि लगाउन सजिलो होस् भन्ने हेतुले उक्त रकम संकलन गरि पिडितहरुलाई बुझाइएको बताउनु भएको छ ।