काठमाडौँ — सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।सिसिएमसीको आइतबारको बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरे पनि त्रिविले सोमबारको परीक्षा लिएको थियो ।