२०८० चैत १६ शुक्रबार

मेरो पहिलो महिनावारी

मेरो पहिलो महिनावारी
२०७७ फागुन २४ सोमबार Author: kachapate

पुजा भुसाल

बिहानिको सुर्यको किरणसँगै मेरो निन्द्रा खुल्यो । आज उठ्न ढिलो भयो । नियमित ७ बजे नै उठ्ने म आज उठ्दा ८ बजिसकेको थियो । हिजो भर्खर साँझपख ‘स्काउटको क्याम्पिङ’ बाट घर आएकी थिए । त्यत्रो दिनको हिडाई र थकाईले होला सायद अति नै मिठो निन्द्रा लाग्यो । उठ्ने बित्तिकै पानि पिएर शौचालय गए । पिसाब गर्न लाग्दा केही अनौठो लाग्यो । मलाई मेरो यौनी भारी भएको महसुस भयो । सायद थकाई धेरै नै लागेर भारी भएको होला भन्ने सोच आयो । तर केही बेरमै पिसाबमा रातोपन देखियो । म डराए ।
म आफ्नो कोठामा फर्किए । स्कुल जानको लागि ड्रेस लगायत अरु सामानहरु पनि खोज्न लागे । अहिले सम्म म एउटै सोचमा छु “मेरो पिसाब किन रातो आयोरुे मेरो यौनी किन भारी भयोरु अनि मेरो यौनीबाट अचानक किन यति धेरै रगत आयोरु म एकदम आत्तिए । यो सब किन र कसरी भयो रु स्काउटको क्याम्पिङ धेरै नै जुका लाग्ने ठाउँमा लगिएको थियो । कतै मलाई त्यहि जुकाले टोकेर त यस्तो भएन रुतर यस्तो कसरी हुन सक्छ रुके जुकाले यस्तो ठाउँमा कसरी टोक्न सक्छ रुटोकेको भएपनि मलाई पिडा हुनपर्ने । तर मलाई त्यस्तो पिडाको केही पनि आभास भएन ।”
लगातार रगत आइरहेको थियो । डराएर हडबडाहटमा शरीरको सबै कपडा टकटकाउन थाले । जुका ने झर्दैन त ।आखिर यो के भइरहेको छ रु मलाई धेरै नै डर लाग्न थाल्यो । के अब मेरो शरीरको सबै रगत बगेर सकिन्छ त रु के अब म मर्न लागे रु यसरी नै दिमागमा धेरै कुरा खेल्न थाल्यो । मैले त केही सोच्नै सकिन । धेरै चिसो भएर आयो मेरो जिउ । आज स्कुलमा बिदा छ भन्ने कुरा बिर्सिएर सामान खोज्दै थिए म । फेरी सुत्न गए । निन्द्रा नै लागेन । लागोस् पनि कसरी आज म सँग अनौठो चिज भएको थियो । म अब के गरु , कसो गरु भन्ने मात्र सोच आयो । यौनीबाट आएको रगतबाट अनौठो गन्ध आएको थियो । त्यो गन्धले नै आनो शरीर देखेर घृणा लाग्न थाल्यो । सायद नुहाएर गन्ध हट्छ कि भन्ने सोचले नुहाउन गए । तर नुहाएपछि पनि यौनीबाट लगातार रगत आयो अनि गन्ध पनि ।
मंमीलाई भनम् कि जस्तो लाग्यो तर खै किन भन्न नै सकिन । पछि जे सुकै होस् भनेर मंमीको अगाडी गए । मेरो सबै कपडा भिजेको थियो । अनोठो गन्ध आएको थियो । यो सब देखेर मंमीले सोध्नुभयो ,’के भयो तँलाई ,रगत आको छ हो शरीरबाटरु मैले टाउकाको इसाराले हो भने । तलाई महिनावारी भयो । यो सुनेपछि मलाई के बिरामी भयो अब भन्ने सोचेर धुरुधुरु रुन थाले । मंमी अचम्म पर्नुभयो ।
मंमीले मलाई यो बारे सबै सम्झाउनुभयो । अनि बल्ल म रुन छोडे । एकछिन पछि केही लेराएर जा यो गएर लगा भन्नुभयो । मलाई लगाउन आएन । केही आएन मलाई ।त्यसपछि मंमीलाई गएर भने ,’मंमी यो कसरी लगाउने हो ,अडिदै अडिदैन त रु मंमीले मलाई प्याड प्रयोग गर्ने तरिका पनि सिकाउनुभयो । त्यस दिनदेखी मलाई करिब ५ दिन सम्म प्रशस्त पानि , फलफुल खान लगाउनु भयो ।मंमीले मेरो धेरै खयाल राख्नुभयो । मलाई बिरामी लागेको रहेनछ र यो हरेक महिलालाई निश्चित उमेर पुगेपछि हुने प्राकृतिक परिवर्तन रहेछ भन्ने बुझेर खुशी भए र यति सानो कुरामा रोएको सम्झेर मनमनै धेरै हाँसे ।