पुजा भुसाल
एउटा अध्यारो कोठा छ । ढोका र झ्यालहरु पर्दाले छोपिएका छन् । चारैतिर सामान लथालिड्ड छन् । लाग्छ त्यो ठाउँमा युद्ध भएको छ । कोठाको एउटा कुनामा म काँपेर बसिरहेकी छु । मेरा कपडा कहि कतैबाट च्यातिएका छन् । शरीरमा कोतरिएका दागहरु छन् । मेरा आँखाबाट आँशु अविरल बगिरहेका छन् । मेरा शरिरका प्रत्येक अङ्गहरु दुखेका छन् । म राम्ररी उठ्न पनि नसक्ने अवस्थामा छु । विना आवाज म रोइरहेकी छु ।
केही समय अघि सधैँ झैँ म खेल्नको लागि साथीलाई बोलाउन गए । “ए जुनू ,खेल्न आईज ,छिटो । जुनूले ढोका खोलेर बिस्तारै पाईला चाल्दै आई । तर यो पटक खेल्न आउदा उसको मुहारमा केही रौनक नै थिएन । उ निराश थिई । मैले सोधे,“के भयो जुनू ,रिसाकी हो म सँग ?” उसले केही बोलिन । केही वेर कर गरेपछि उसले भनी“म अब तेरो घर कहिल्यै आउँदिन । हिजो म तलाई खोज्नको लागि तेरो घर आएकी थिए । त थिईनस् । त्यहाँ तेरो अङ्कल हुनुहुन्थ्यो । नानु त छैनिन् । आज तिमी म सँग खेल । म तिमीलाई धेरै नयाँ अनि रामा्रे खेल खेलाउछु । यति भनेर ह्वाले मलाई कोठा भित्र लग्नुभयो ।मलाई नराम्रो तरिकाले छुनुभयो ।जताततै हात लग्नुभयो । मैले के गरेको यस्तो भन्दै टाढा जाने कोशिस गरे । तर ह्वाले मलाई बेस्सरी च्यापेर केही हुदैन जुनू ,रमाइलो हुन्छ भन्दै तान्नुभयो ।मेरो कपडा जबरजस्ती खोल्न थाल्नुभयो ।अनि बेस्सरी खाटमा धकेल्नुभयो । मैले धेरै कराए तर अह छोड्नुभएन । केही सिप नलागे पछि मैले हतासिएर नजिकै भएको बेल्टले अङकललाई हाने ।ह्वाको आखाको नजिक लाग्यो अनि म त्यँहाबाट भागे ।”उसले यत्ति भनि अनि रुदै घर गई । मैले केही बोल्ननै सकिन ।
मेरो अङ्कल गाउँबाट कलेज पढ्नको लागि हाम्रो घर आउनु भएको थियो । घरमा आमा र बुवा व्यस्त हुने हुनाले मेरो रेखदेखको लागि अङकल बस्नुभएको थियो । अब घरमा अङ्कल हुने भएसी मलाई डर लाग्न थाल्यो । जुनूको आवाज मेरो कानमा गुञ्जिरहेको थियो । एकदिन अङ्कल कलेज नै नगई घरमा बस्नुभएको रहेछ । म पनि स्कुलबाट फर्किसकेको थिए । म १ कक्षामा पढ्ने हुनाले मेरो छुट्टी छिटै नै हुने गथ्र्यो । आमा बुवा पनि घरमा हुनुहुन्न रहेछ । मलाई भोक लागिरहेको थियो । खानको लागि केही छ कि भनेर हेर्दै थिए । अचानका अङ्कल आउनुभयो । “नानु एकछिन खेलेर खाजा खाने ल? आज म खेलाउछु खेल ।” म झस्किए । मैले डराएर हुन्न भने । म कोठाबाट बाहिर जाने कोशिस गरे । ह्वाले मलाई तान्नुभयो । अब त ढोका पनि बन्द भयो । अब म के गर्ने । म आत्तिए । “नानु त अङ्कलले भनेको नमान्ने ? मैले यो खेल तेरो साथिसँग पनि खेलिसकेको छु । उसलाई भन्दा तलाई अझ राम्ररी खेलाउछु । केही पनि हुन्न । धेरै रमाइलो हुन्छ । एकछिन मात्र हो ।”
“नाई हुन्न ,यो खेल पनी नराम्रो अनि तपाई पनि नराम्रो ।” म रोए धेरै रोए । अह ह्वालाई दया लागेन । मेरो मुख रुमालले बाधिँदिनुभयो । मेरो शरिरको सबै कपडा खोलेर नाङगो बनाउनुभयो । मेरो शरिरको हरेक भागमा दुख्ने गरि समाउनुभयो । म बाँधिएकी थिए । न म कराउन सक्थे न त उम्कन नै । म आज बलात्कृत भए । मेरो यौनीबाट धेरै रगत बग्यो । मलाई धेरै पिडा भयो । “कसैलाई केही पनि नभन् नत्र म तँलाई धेरै कुट्छु ।” कुटाइको डरले न त मैले कसैलाई केही भन्न नै सके न त रुन नै । बस चुपचाप सहिरहे ।
त्यो केही समय बितेको पनि एक वर्ष भयो । यो केही समयको अन्तरालमा म सयौँ पटक बलात्कृत भइसकेकी थिए । मैले सबै पिडा र वेदना आफूभित्रै लुकाए । ह्वाको मनोबल झन् झन् बढ्दै गयो । म जति जति बेला एक्लो हुन्थे त्यति त्यति बेला बलात्कृत हुन पुग्थे । म जति धेरै कराए पनि रोए पनि ह्वाँलाई म माथि माया अनि दयाको भावना जागेन । किन माया अनि दयाको भावना जाग्थ्यो र ? जब मान्छेमा जनावर र राक्षसपन बढ्दै जाँदो रहेछ तब उसले नाता त के मानवताको नाता पनि बिर्सदो रहेछ । म न त एक छोरी नै थिए न त एक अवोध बालिका नै ,म त केवल ह्वाँको यौन प्यास मेटाउने अनि इच्छा पुर्ति गर्ने एक खेलौना मात्र थिए जसलाई ह्वाँले जुन बेला पनि खेलाउन पाउनुहुन्थ्यो ।
आज म एकैदिनमा चार पटक बलात्कृत भएकी थिए । मेरो शरिरमा अनेक चिथोरिएका दागका साथै अनेकौ पिडाहरु छन् । हो आज यहा युद्ध भएको छ । एउटा बालिकाले आफ्नो ज्यान अनि शारिरिक पिडा बाट बच्नको लागि भएको युद्ध । जसमा उ हारिसकी । आज मैले आफ्नो ज्यान बचाउने क्रममा अङकललाई बेल्टको सहायताले हानेर घाइते बनाउन सफल त भए तर आफ्नो जिवनमा हारिसकेकी थिए । मलाई आफ्नै शरिर देखी घृणा लाग्न थाल्यो । केही फोहोर लागे जसरि आफ्नो शरिरलाई टक्टक्याउन थाले । तर अफसोस । त्यो टक्टक्याएर जाने फोहोर थिएन । आखिर मेरो के गल्ति भयो र जसको मैले यति पिडादायक सजाय पाए । आखिर म नै किन ? के मैले केटीमा हुने यौनी सहित जन्म लिएर गल्ति गरे ?
केही समय पश्चात् आमा बुवा आउनुभयो । मैले आफ्नो आशु पुछेर बसे । ह्वाँहरु मेरो नजिक आउनुभयो । मलाई देखेर सोध्नुभयो, “के भयो नानु,किन यस्तो मलिन अनुहार बनाएको ?” मेरो उत्तर आयो, “म लडे ।” बाबाले भन्नुभयो “धत् , यति सानो कुरामा पनि रुन्छन् त? म मल्हम लगाइदिहाल्छु नि ।” तर मेरो रुवाइको औषधी मल्हम थिएन । जुन मैले वयान नै गर्न सकिन । मेरो आवाज मौनतामा विलिन भयो ।
(माथि उल्लेखित म पात्र जस्तै कतै हाम्रा छोरि , बहिनी अनि दिदी आफ्नै घर अनि आफ्नो ठाउँमा आफ्नै मान्छेद्धारा शोषित अनि बलात्कृत त भएका छैनन् ?)