२०८० चैत १५ बिहीबार

बैबाहिक जीवनमा बाँधिए संगितकार अर्जुन पोखरल र गायिका दुर्गा पोखरेल

बैबाहिक जीवनमा बाँधिए संगितकार अर्जुन पोखरल र गायिका दुर्गा पोखरेल
२०७७ असार १९ शुक्रबार Author: kachapate

काठमाडौ । नेपाली चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । लकडाउनको अवधिमा सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज (बिहिबार)  बिहे गरेका हुन् ।

काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैलाई राम्रो हुन्छ भन्ने महशुश भएपछि बिहे गर्ने निर्णय गरेका हुन् ।

उसो त अर्जुनले वैशाखमा नै बिहे गर्ने सोच बनाएका थिए । तर, कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अर्जुन र दुर्गाको बिहे वैशाखमा जुरेन । असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले पनि उनीहरुले असारमै बिहे गर्ने निर्णय गरेका हुन् । पारिवारिक कारणले गर्दा पनि बिहेका लागि मंसिरसम्म कुर्न नसकिएको अर्जुनले जानकारी दिएका छन् ।

अवस्था सामान्य भएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने अर्जुनले बताए ।

पछिल्लो केही बर्षयता नेपाली चलचित्रको संगीतमा अर्जुन सफल छन् । उनले तयार पारेका ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत चलचित्रका गीत सर्वाधिक सफल मानिन्छन् ।

अर्जुनका धेरै गीतमा दुर्गा खरेलको आवाज समावेश छ । दुर्गा पनि सांगीतिक दुनियाँमा सफल गायिकाको रुपमा स्थापित छिन् । अर्जुन र दुर्गालाई बैबाहिक जीवनको शुभकामना ।