२०७८ असार ११ शुक्रबार

हलिउड अभिनेता मास्टर्सनमाथि बलात्कारको आरोप

हलिउड अभिनेता मास्टर्सनमाथि बलात्कारको आरोप
२०७७ असार ७ आइतबार Author: kachapate

एजेन्सी,काठमाडौं । हलिउडका चर्चित अभिनेता डेनियल मास्टर्सनमाथि बुधवार लस एञ्जिल्स काउन्टी डिस्ट्रिक्ट अटर्नी कार्यालयले तीन महिनामाथि बलात्कार गरेको आरोप लगाएको छ । सन् २००१ देखि २००३ को बीचमा कथित रूपमा अलग-अलग घटना भएको थियो । ४४ वर्षिय मास्टर्सनमाथि जनवरी र डिसेम्बर २००१ को बीचमा २३ वर्षिय महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
उनीमाथि अप्रिल २००३ मा २८ वर्षिय महिला र त्यसको केही समयपछि २३ वर्षिय महिलामाथि बलात्कार गरेको आरोप पनि छ । उनीहरुलाई अभिनेता ड्यानियल मास्टर्सनले हलिउड हिल्सस्थित आफ्नो घरमा बोलाएका थिए । तीन महिलामाथि बलात्कारको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, ३.३ मिलियन डलर धरौटी रकम बुझाएर उनी रिहा भएका छन् ।
सिएनएनका अनुसार, उनी आउँदो १८ सेप्टेम्बरमा कोर्टमा उपस्थिति हुनुपर्नेछ । डेनियलका वकिल टम मेसेरियोले २० वर्ष अगाडिको आरोपलाई लिएर उनलाई फसाउन खोजेको बताएका छन् । यदी उनी दोषी ठहर भएको खण्डमा ४५ वर्षसम्म जेल हुन सक्नेछ । सन् २०१७ मा यौन उत्पीडनको दाबीको आधारमा लस एञ्जेलिस पुलिसले मास्टर्सनको अनुसन्धान सुरु गरेको थियो ।