२०८० मंसिर २३ शनिवार

२४ घण्टामा थपिए ४ सय २६ संक्रमित

२४ घण्टामा थपिए ४ सय २६ संक्रमित
२०७७ असार ५ शुक्रबार Author: kachapate

काठमाडौं । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो। पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना छन्।  मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।