धनुषाको सबैला नगरपालिकामा गोली प्रहारबाट एक युवकको हत्या भएको छ । गएराति गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मण्डलको शव बुधबार बिहान घरभन्दा २०० मिटर पर भेटिएको प्रहरीले जनाएको छ । उनको छातीमा गोली प्रहार भएको बताइएको छ । राति घरबाट कसैले बोलाएर एकान्तमा लगी गोली प्रहार गरेर मण्डलको हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । हत्या कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन ।
ट्रेण्डिङ
धनुषामा गोली प्रहार गरी एक युवकको हत्या

२०७७ जेठ २८ बुधबार