२०८० मंसिर २३ शनिवार

डम्बर बराइलीले ल्याए ‘जात कहिल्यै चलेन’

डम्बर बराइलीले ल्याए ‘जात कहिल्यै चलेन’
२०७७ जेठ २६ सोमबार Author: kachapate

संगीतकर्मी डम्बर बराइलीले मुलुकमा विद्यमान जातीय विभेदलाई समेटिएको गीत ‘जात कहिल्यै चलेन’ सार्वजनिक गरेका छन्।
बराइलीकै शब्द र संगीत रहेको गीतमा समाजमा व्याप्त जातीय विभेदको जर्जर अवस्थालाई चित्रण गरिएको छ। रगत चल्ने, सीप चल्ने, श्रम चल्ने तर जात नचल्ने भाव समेटिएको गीतमा कलाकार बराइलीका साथै कमल किरण, जीना रसाइली, मनोज लकान्द्री र बिन्दु बीसीको स्वर रहेको छ।

हालै रुकुम पश्चिममा भएको जातीय विभेदको घटनाको सेरोफेरोमा यो गीतलाई सार्वजनिक गरिएको बराइलीले बताए। ‘समावेशी गणतन्त्रमा मुलुक प्रवेश गरिसक्दा पनि समाजमा जातीय विभेद जर्जर रुपमा रहनु चिन्ताजनक छ,’ व्यवसायी समेत रहेका बराइलीले भने, ‘गीतका माध्यमबाट यो विकराल पाटोलाई केही उजागर गरेर समाजलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने सानो प्रयास गरेका हौं।’
गीतको भिडियोमा जातीय विभेद र छुवाछूतका विभिन्न घटनाका दृश्यलाई समेटिएको छ।