२०८१ बैशाख १३ बिहीबार

स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु

स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु
२०७७ जेठ २६ सोमबार Author: kachapate

स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत् स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमति पुरुषमा आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोनाकै कारण नेपालमा १३ जनाको मृत्यु भइसकेको छ भने हालसम्म संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ।