काठमाडौँ । सरकारको बजेट भाषणपछि
सरकारका २ शक्तिशाली मन्त्रीबीच ‘खटपट‘ देखिएको छ । ती हुन्– अर्थमन्त्री डा. युवराज खतिवडा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल ।
दुवै मन्त्री वाक कलामा पोख्त मानिन्छन् । लामो समय जागिरे पृष्ठभूमिबाट सांसद र मन्त्री बनेका डा. खतिवडा वर्तमान मन्त्रिपरिषदका सदस्यहरु मध्येमै विद्वान मानिन्छन् । अर्का शिक्षामन्त्री पोखरेल पनि सैद्धान्तिक विषयमा पोख्त भनेर चिनिन्छन् । पोखरेल त अझ कम्युन सिस्टमको वकालत मात्रै होइन त्यसैको वर्कआउट समेत गर्दै आएका छन् । तर एउटै पार्टी र एउटै मन्त्रिपरिषदका सदस्यहरु खतिवडा र पोखरेलबीच अहिले एकले अर्कोलाई स्वीकार गर्न नसक्ने अवस्था सिर्जना भएको छ । इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकारका यी दुई मन्त्रीबीच विवादको छताछुल्ल दृश्य भने चार दिन अघिबाट मात्रै देखिन पुगेको हो ।
यसको पृष्ठभूमि हो, बजेटको १६६ नम्बर बुँदा ।