२०८१ बैशाख १३ बिहीबार

एटीएममा पैसा झिक्न जाँदा कोरोनाको संक्रमणबाट बच्न यी ८ काम नविर्सनु होला

एटीएममा पैसा झिक्न जाँदा कोरोनाको संक्रमणबाट बच्न यी ८ काम नविर्सनु होला
२०७७ जेठ ३ शनिवार Author: kachapate

काठमाडौं । कोरोना भाइरस संसारभर फैलदैछ र यसबाट संक्रमित हुनेहरूको संख्या निरन्तर बढिरहेको छ । विश्वभरी भौतिक वस्तुसँगको सम्पर्कभन्दा बाहिर बस्ने भनिएको छ र मानिसहरुमा भौतिक दुरी राख्न भनिएको छ । यसमा दैनिक जीवन सञ्चालन पर्ने खर्चको जोहो गर्नपनि अनलाइन वा डिजिटल प्रविधिको प्रयोग बढीभन्दा बढी गर्न भनिएको छ । तर, सबै मासिनमा यो प्रविधि सञ्चालन गर्ने ज्ञान र क्षमता हाम्रो जस्तो देशमा दिएको छैन । यसैले सबै जसोको पहुँच र सहज रुपमा उपलब्ध रहेको एटीएमबाट धेरैले रकम निकाल्ने गरेका छन् ।

एटीएमबाट पैसा निकाल्ने क्रममा केहि विशेष सावधानी अपनाउनु पर्नेछ हुन्छ । त्यहा हुने कोरोनाको संक्रमणबाट बच्न सक्नुहुन्छ ।

१. जब तपाईं घरबाट बाहिर निस्कनुहुन्छ भने एउटा सेनिटाइजर आफूसँगै राख्नुहोस् । यदि तपाईंले कुनै स्थानमा छोइसक्नु भएको छ भने, हातहरू तुरुन्तै सेनिटाइजरले सफा गर्नुहोस् ।

२. यदि कोहि एटीएम भएको कोठामा पहिलेदेखि नै छ भने, भित्र जाने प्रयास नजानुहोस् । जबसम्म त्यो व्यक्ति पैसा लिएर बाहिर आउँदैनन, तपाईं आफ्नो पालो कुर्दै थोरै दुरीमा नै बस्नुहोस।

३. अर्को तपाईले घरबाट निस्कदा भिजेको रुमाल वा टिस्यू लिएर बाहिर निस्कनुहोस् ।एटीएमको लाइनमा उभिदा अनुहार, नाक र मुख छुने नगर्नुहोस । लाइनमा व्यक्तिबाट एक मिटर दूरी बस्नुहोस ।

४.एटीएमको रुपमा अन्य कुनै पनि चीज छुने नगर्नुहोस् । यदि गल्तिले कुनै स्थान छोएमा, आफ्नो हात तुरुन्तै सफा गर्नुहोस् र हातहरू सेनिटाइजरले सफा गर्नुहो ।

५. यदि परिचित व्यक्ति एटीएमको लाइनमा उभिएको बेलामा भेटभएमा हात मिलाउनुको सट्टा, नमस्कार वा टाढाबाट हेल्लो भन्नुहोस्।

६. यदि तपाईंलाई रुघाँ र खोकी छ भने, बाहिर नजानुहोस्। यदि तपाईं एटीएममा खडा हुँदा अचानक हाछ्यू आयो भने आफ्नो मुखलाई पाखुरा वा टिस्यूले छोप्नुहोस्।

७. प्रयोग गरिएको टिस्यू र मास्क एटीएमको डस्टबिनमा नहाल्नुहोस । यसले अरूलाई संक्रमण फैलाउन सक्छ ।

८.पहिलो त तपाईंको सम्पूर्ण आर्थिक कारोबार अनलाइनबाट नै गर्ने प्रयास गर्नु होस यस समयमा पूर्ण डिजिटल हुनु ठीक छ । सबै भुक्तानी र आर्थिक लेनदेन अनलाइन गर्नुहोस्।